वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे « Khabarhub

वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

अन्तरिक्षबारे जानकारी दिने स्पेस डट कमका अनुसार अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसनका क्रममा संकलन गरिएको धुलोको सानो नमूनामा एक प्रकारको वनस्पति उमारेका थिए । 

आश्चर्यजनक रुपमा दुई दिनपछि बीउ अंकुरित भएको थियो । ‘म तपाईँलाई बताउन सक्दिनँ कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले भनिन् ।

उनका अनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए । तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो । त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरूले तनाव देखाउन थाले, ढिलो विकसित भए र साना देखिए । 

तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन् ।

‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने ।

अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो । किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : २३ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि