काठमाडौं महानगरको मतगणना चाँडो गर्ने विषयमा छलफल भइरहेको छ : आयोग « Khabarhub

काठमाडौं महानगरको मतगणना चाँडो गर्ने विषयमा छलफल भइरहेको छ : आयोग


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका मतगणना ढिलाइप्रति ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ । 

मतगणनामा निकै ढिलाइ भइरहेको आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलले भने ।

धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयोगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ । काठमाडौं महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौँ लाग्ने देखिन्छ । मतगणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो । सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो । पछि २,३,४ र ३१ वडाको मत गणना थालिएको थियो ।

३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना सोमबार अपरान्हसम्म आउँदा १४ हजार मात्र मतगणना भइसकेको छ । मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मतगणना १३ दिनमा सकिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५२ बजे

सुनको मूल्य ६ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत