रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे « Khabarhub

रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे


२ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् ।

खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए ।

रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए ।

‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् ।’ उनले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गरेका छन् ।

‘हामी ज्यान जोखिममा राखेर युक्रेनलाई मुक्त गर्ने सबैलाई धन्यवाद दिन्छौँ ।’ सिनेगुभोबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण थालेको रुसी फौजले दोस्रो चरणमा पछिल्लो समय युक्रेनको पूर्वी तथा दक्षिणी भूभागमा कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ३८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६