झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु | Khabarhub Khabarhub

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– भारतबाट प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३ः४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा घाइते भएका हुन्। पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।

शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जंगली हात्ती छावासहित पसेको स्थानीयवासी शंकर लुइँटेलले जानकारी दिए। तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।

गए राति मेचीनगर–१३ स्थित निचाझोडा जङ्गलबाट दुहागढीको मानव बस्तीमा तीनवटा हात्ती पसेको निवर्तमान वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिएका छन् । डिभिजन वन कार्यालय झापाको टोलीले हात्ती गाउँ पसेको बाहुनडाँगी क्षेत्रमा साइरनसहित गस्ती गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास