रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी « Khabarhub

रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । 

अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए । 

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गरिन् । 

उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन् । वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेकै लालबहादुर तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका अमर बुलुन र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका यमनाथ आचार्य विजयी भएका छन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : १९ बजे

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा