टोखामा १४ हजार १८६ मत गणना, कांग्रेसको अग्रता « Khabarhub

टोखामा १४ हजार १८६ मत गणना, कांग्रेसको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएका छन्।

स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेका टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिए ।

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले पाँच हजार ५१ मत प्राप्त गरे ।

टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डंगोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन् । अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : २१ बजे

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा