हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै « Khabarhub

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजार १५५ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडि पर्न थालेका छन् । पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५३ बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा