रोल्पाको माडी गाउँपालिमा माओवादी केन्द्र विजयी « Khabarhub

रोल्पाको माडी गाउँपालिमा माओवादी केन्द्र विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अमरसिंह घर्तीमगर विजयी भएका छन् ।

मगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरे । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे । सो गाउँपालिका-१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नं ३ मा नेकपा (एकीकृत समाजवादी) ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्रमाओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २० बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा