अमेरिकी नागरिकता त्यागेका गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित « Khabarhub

अमेरिकी नागरिकता त्यागेका गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

शेर्पाले दुई हजार ८८२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याएका छन् । नेकपा (एमाले)का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छन् । उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् । गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएकका उनी खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । केही समय अघिमात्रै उनले अमेरिकको नागरिकता त्यागेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ४२ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु