अमेरिकी नागरिकता त्यागेका गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित « Khabarhub

अमेरिकी नागरिकता त्यागेका गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

शेर्पाले दुई हजार ८८२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याएका छन् । नेकपा (एमाले)का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छन् । उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् । गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएकका उनी खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । केही समय अघिमात्रै उनले अमेरिकको नागरिकता त्यागेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ४२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा