अघिल्लो चुनावमा एमालेले ‘क्लिनस्विप’ गरेको पाख्रिबासमा कांग्रेस‍ विजयी « Khabarhub

अघिल्लो चुनावमा एमालेले ‘क्लिनस्विप’ गरेको पाख्रिबासमा कांग्रेस‍ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन् ।

पराजित राईले ५ हजार ५३ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छिन् । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ सय २१ ले पराजित गरेकी हुन् ।

निरौलाले ४ हजार ६ सय ४१ मत पाएका छन् । गाउँपालिकाका १० वटै वडाको मत गणना सम्पन्न भएको छ ।

मत परिणामअनुसार वडा नं. २, ३, ७, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नं. १, ४, ५, ६ र ८ मा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ४९ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा