प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित | Khabarhub Khabarhub

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ।

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।। मौसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो। जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर दुई सय ६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले भने सोमपाल कामीले ४७ रन बनाए। शेख र कामीले उत्कृष्ट ब्याटिङ गरे पनि कुशल भुर्तेल र रोहित पौडेल जम्न सकेनन्। रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रन मात्र बनाए।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।

अमेरिकाका लागि सिरिज सुखद रहयो। यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी बनेको थियो। लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा छ। नेपालले १६ खेलमा १५ अंक जोडेको छ भने अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने ओमानसँगकै दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ५५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग