प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित « Khabarhub

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ।

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।। मौसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो। जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर दुई सय ६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले भने सोमपाल कामीले ४७ रन बनाए। शेख र कामीले उत्कृष्ट ब्याटिङ गरे पनि कुशल भुर्तेल र रोहित पौडेल जम्न सकेनन्। रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रन मात्र बनाए।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।

अमेरिकाका लागि सिरिज सुखद रहयो। यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी बनेको थियो। लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा छ। नेपालले १६ खेलमा १५ अंक जोडेको छ भने अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने ओमानसँगकै दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ५५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित