पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रिग्नेन्सी)को समस्या बढेको छ । गर्भावस्थामा उच्च जोखिम अवस्थाको मुख्य कारण जीवनशैली तथा खानपान नै भएकाले समस्या अझै विकराल बन्न सक्छ ।
आफ्नो करियर बनाउने विषयमा महिला केन्द्रित हुनु, ढिलो बिहे गर्नु, सन्तान योजना ढिलो बनाउनु तथा कम उमेरमा नै हुनु, पहिला नै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या हुँदा पनि यो समस्या बढेको देखिन्छ ।
हाई रिस्क प्रिग्नेन्सी
कुनै पनि महिलाको प्रेग्नेन्सी हाइ रिस्क हुन्छ अर्थात् गर्भावस्था आफैमा जोखिम हुन्छ । प्रेग्नेन्सी भएपछिको अवस्थाले गर्दा धेरै जोखिम तत्त्व हुने भएकाले उसको ज्यानै जान सक्ने सम्भावनासम्म हुन सक्छ । त्यसैलाई हाई रिक्स भन्छौँ ।
विशेष गरि कुनै पनि महिलालाई हाई रिक्स प्रेग्नेन्सी भएको महिला भनेर लेबल गर्दा सर्टेन ग्रुप आउने हुन्छ । जस्तै उमेरको हिसाबले हेर्दा ३५ वर्षभन्दा माथि र कम उमेर १७, १८ वर्षमा हुने प्रेग्नेन्सीमा हाई रिस्क हुन्छ । कुनै महिला प्रेग्नेन्ट हुनु भन्दा पहिले उसमा कुनै समस्या छ छैन हेर्नु पर्छ ।
जस्तै, सुगर, प्रेसर, एनिमिया, मुटुरोग वा इन्फेक्सन, टिबी र किड्नीको रोग छ भने जोखिमपूर्ण हुन्छ। कसैले ड्रग्स, चुरोट, जाँडरक्सी लिन्छ., प्रेग्नेन्ट हुनु भन्दा अघि एकदमै मोटो छ या एकदमै पातलो छ भने हाई रिक्स प्रेग्नेन्सी भनिन्छ । कसैलाई सुगर, प्रेसरले पनि यस्तो हुन सक्छ। सिगंल ट्रम प्रेग्नेन्सीको सट्टा डबल प्रगेनेन्सी, थिन प्रेग्नेन्सी छ भने हाई रिक्स प्रेग्नेन्सी भनेर बुझ्नु पर्छ।
ध्यान दिनुपर्ने कुरा
फिजियोलोजिकल्ली पनि हरेक कुराको आफ्नो समय हुन्छ । महिलाहरूमा पनि विवाह गर्ने, बच्चा पाउने, उच्चतम उमेर भनेको २० देखि ३० वर्षको उमेर हो । यो उमेरमा महिला फिजिकल्ली र मेन्टल्ली प्रिपेयर भइसकेको हुन्छ । अहिलेको समय दुई प्रकारको छ । एउटा टिन एजमै प्रेग्नेन्ट हुने र अर्को उमेर धेरै भइसक्दा पनि प्रेग्नेन्ट नहुने ।
आजभोलि धेरै महिला करियर ओरियन्टेड भएकाले पनि छिटो प्रेग्नेन्ट हुन चाहँदैनन् । कुनै महिला जन्मिदा नै सर्टेन नम्बर अफ एज लिएर आएका हुन्छन् । उनीहरूमा फरर्टिलिटी नै कम हुन्छ । ३५ वर्षपछि प्रेग्नेन्ट भयोे भने एर्बोसन हुने चान्स बढी हुन्छ ।
जति उमेर बढ्दै गयो सुगर, प्रेसर हुने चान्स बढी हुन्छ । उनीहरुले आफ्नो करियरसँगै परिवारको बारेमा पनि बेलैमा समयमै सोच्नुपर्छ ।
हाई रिस्क प्रिग्नेन्सी हुने कारण अहिलेको समयमा कुरा गर्दा खानपान नै मुख्य समस्या रहेको छ । साथै एक्सरसाइज नगर्नाले पनि समस्या बढेको हो । यससँगै मोटोपनाले पनि स्वास्थ्यसँगै प्रेग्नेन्टमा पनि जोखिम निम्त्याएको छ । बढी तौल हुँदा प्रेग्नेन्ट भयो भने सुगर, प्रेसर बढ्ने हुन्छ । बच्चाको तौल पनि धेरै हुन्छ । बच्चा नर्मल नभएर अप्रेसन गरेर जन्माउनु पर्ने हुन्छ । बच्चा जन्मिसकेपछि आमा र बच्चा दुबैलाई अरू समस्या देखिन सक्छ ।
प्रिग्नेन्सीको लागी उपयुक्त तौल हामीले बडीमास इन्डेक्सको आधारमा नाप्ने गरिन्छ । एउटा महिला पाँच फिट छन् भने उसको तौल ५० केजी हुनु पर्छ । ५.२ फिट हाइट छ भने ५५ केजी हुनुपर्छ । ओबिसिटी होइन सेन्ट्रल ओबिसिटी भन्ने हुन्छ ।
विशेष गरी हाम्रो शरीरमा बोसो लाग्ने भाग (कम्मर)मा बढी बोसो लाग्यो भने सुगर, प्रेसर बढ्ने हुन्छ, यसलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । शरीर सबै मोटाउनु भन्दा पनि कम्मरको भाग मोटायो भने धेरै समस्या निम्तिन सक्छ ।
हाई रिस्क प्रिग्नेन्सी हुँदा परीक्षण गर्ने समय कुनै महिलाले प्रेग्नेन्सी प्लान गर्दै हुनु हुन्छ वा सुरुको अवस्थामा प्रेग्नेन्ट हुनुहुन्छ भने प्रेग्नेन्सीमा इन्टर गर्नु अघि नै राम्रो हेल्थ हुन जरुरी छ । आफूलाई कुनै रोग लागेको छ सुगर, प्रेसर, मोटोपना छ भने प्रेग्रेन्सी प्लान गर्नु भन्दा पहिले एक वर्ष, छ महिना अघि देखिनै ब्लड प्रेसर, सुगर छ भने चिकित्सकको सल्लाह लिनु पर्छ।
मुटुको रोग छ भने कार्डियोलोजिेष्टि कहाँ गएर निवारण गर्नु पर्छ । प्रेग्नेन्सीमा कुनै औषधी खानु हुँदैन । यदि खाइरहेको छ भने प्रिकन्सेपसनल काउन्सिलिङ गरेर अब म प्रग्रेनेन्ट प्लान गर्दै छु कुन औषधी खान हुन्छ कुन खान हुँदैन भनेर तयार भएर मात्र प्रगेनेन्सीमा प्रवेश गर्नुपर्छ ।
प्रेग्नेन्ट भइसके पछि कति सकिन्छ सम्बन्धित डाक्टरकोमा गएर आफ्नो अवस्थाको बारेमा थाहा पाउनु पर्छ । केही पर्यो भने अरू ठाउँमा चेक गर्न जान सकिन्छ भनेर रिपोर्ट गरिन्छ । समय समयमा एन्टिमेटल चेकअप गर्नुपर्छ । ताकी अरू समस्या आयो भने छिटै पहिचान हुन्छ ।
रक्तअल्पता छ भने आइरन चक्की खान सकिन्छ । ब्लड प्रेसर, सुगर कन्ट्रोलमा राख्न सकिन्छ। प्रेग्नेन्सी हुँदै गर्दा ब्लड प्रेसर, सुगर बढ्यो भने पनि समयमै निवारण गर्न सकिन्छ ।
जोखिम पत्ता कसरी लगाउने ? कति जनाले थाहा नपाएर समयमै जाँच गर्न जाँदैनन् । यसलाई डेन्जर साइन भन्ने गरिन्छ । केही भयो भने घरमा बस्ने होइन नजिकको अस्पतालमा गएर परामर्श लिनु पर्छ । महिलामा प्रेग्नेन्सी भएको बेला पेट दुख्ने, योनीबाट गन्हाउने पानी गयो, रगत देखियो, प्रेसर हाई भएर टाउको दुख्ने, रिँगटा लाग्ने, पेटको, माथिल्लो भाग दुख्ने, हात खुट्टा चिलाउने, उच्च ज्वरो आउने भयो भने बच्चालाई पनि असर गर्ने हुन्छ ।
यस कारण समयमै उपचार गर्नुपर्छ । यदि ध्यान दिइएन भने कहिलेकाहीँ बच्चा नै खेर जाने समेत हुन्छ । बच्चा पेटमा नबढेको जस्तो लाग्यो, बच्चा कम चलेको छ भने पनि तत्काल चिकित्सकको परामर्श लिनुपर्छ ।
कुन समयमा समस्या देखिन्छ ? पहिलो २, ३ महिना त प्रेग्नेन्सीको आफ्नै लक्षणहरु देखा पर्छ । खान मन नलाग्ने, वाकवाकी लाग्ने, तौल घट्ने हुन्छ, पछिल्लो तीन महिना, सात महिना, सात महिनादेखि नौ महिनाको हिसाबमा जाँच हुन्छ । हाई रिस्क प्रेग्नेन्सी ४ देखि ५ महिना लागेपछि अरू समस्या बढी देखिने सम्भावना हुन्छ । त्यसैले कम्तीमा पनि चार पँच पटक प्रेग्नेन्सी हुँदा जाँच गर्नुपर्छ ।
कति समयको फरकमा स्क्रीनिङ गर्ने पहिले डब्लुएचओले ४ पटक जँचाउनै पर्छ भनेर नियम बनाएको थियो । तर ४ पटक मात्रै जँचाउन पर्छ भन्ने होइन आवश्यक पर्दा जँचाउन सकिन्छ । पहिले प्रेग्नेन्सी भनेर शंका लाग्न बित्तिकै जँचाउन सकिन्छ ।
अर्को २, ३ महिनामा सबै जाँच गर्दा बच्चामा केही खराबी छ भनेर थाहा पाउन सकिन्छ । पाँच महिनामा जँचाउँदा बच्चाको विकास भएको बच्चा चल्ने हुन्छ । यो बेला जाँच गर्दा हात खुट्टा टाउको बनेको छ कि छैन अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
५ महिना भएपछि टिटानासको सुई लगाउनु पर्ने, आइरन, क्याल्सियम खान सुरु गर्नु पर्छ । सात महिना पछि साढे आठ, नौ महिनामा लाग्दा एक एक हप्तामा जाँच गर्नु पर्छ ।
बच्चामा हुनु पर्ने तौल किन हुँदैन ?
आमा सानो छ भने सानो बच्चा जन्मिन्छ । तर बच्चा सानो भए पनि हेल्दीनै हुन्छ । कसैलाई न्युट्रेसन नपुगेको छ भने बच्चा सानो हुन्छ । आमाले धेरै प्रेसरमा काम गरेको छ रेष्ट लिएन भने बच्चा सानो हुन्छ ।
आमालाई सुगर, प्रेसर, मुटु रोग, दमको रोग छ भने पनि बच्चा सानो हुन्छ । बच्चामा जेनेटिकल्ली नै एबनर्मालिटी छ भने विकास हुन पाउँदैन । बच्चामा जाने सालनालमा समस्या छ भने जुन हिसाबले बच्चा बढ्नु पर्ने हो त्यो अनुसार नबढेको पाइन्छ ।
बच्चा सानो भए पनि हेल्दी छ ग्रोथ राम्रो भइरहेको छ भने उसलाई पुरै महिना पुर्याएर डेलिभरी गराइन्छ । बच्चा पेटमा सानो भयो । मर्ने अवस्था आयो भने छिटै निकाल्नु पर्ने हुन्छ ।
अप्रेसन गर्नुपर्ने अवस्था
नेपालमा मात्र होइन विश्वभरीनै यो समस्या बढिरहेको छ । पहिले करिब सय महिलामा ५ देखि १० प्रतिशत मात्र सिजरियन हुन्थ्यो । तर अहिले ५० देखि ६० प्रतिशत सिजरियन गर्नु पर्ने हुन्छ । हाई रिस्क प्रेग्नेन्सी बढ्नुको मुख्य कारण ढिलो प्रग्रेनेन्ट हुनु हो ।
उमेरको कारणले नर्मल डेलिभरी गराउनलाई अप्ठेरो हुने भएकाले सिजरियन गर्नुपर्छ । वा धेरै मोटो मान्छेहरूमा पनि नर्मल भन्दा सिजरियन गर्नु पर्ने हुन्छ । कुनै बेला बच्चा उल्टो छ । जुम्ल्याह छ भने नर्मल डेलिभरी गराउन खोज्थ्यौ । तर उहाँहरुको परिवारले कुनै रिस्क लिन नचाहेको भएर पनि सिजरियन हुने चान्स बढी हुन्छ । कहिले आमाको आग्रहमा पनि सिजरियन गर्नु पर्ने हुन्छ ।
बच्चा जन्माउँदा नर्मल जन्माउने कि सिजरियन गरेर बच्चा नर्मल जन्माउँदा नै राम्रो हुन्छ । सिजरियन गर्दा राम्रो हुन्छ भन्ने छैन । नर्मल डेलिभरीमा बच्चा पाउन नसकेर ब्लिडिङ भएर धेरै गाह्रो हुन्थ्यो । तर त्यो भन्दा गाह्रो सिजरियन गर्दा हुन सक्छ । ब्लिडिङ भयो, पाठेघर राम्रोसँग खुम्चिएन भने झन् गाह्रो हुन्छ । सिजरियन गर्दा बच्चा पाएपछि रगत जम्ने चान्स बढी हुन्छ । जसलाई थम्बोसिस भनिन्छ ।
यसले गर्दा थम्बोइम्बोलिज्म हुने, इन्फेक्सन हुने हुन्छ, कुनै इन्डिकेसन या अगाडि नै समस्या देखिएको छैन भने सिजरियन गर्नु हुँदैन । तत्काल सिजरियन सजिलो भए पनि दीर्घकालिनरुपमा यसले धेरै असर गर्न सक्छ । त्यसैले सम्भव भएसम्म पीडा सहेर भए पनि नर्मल बच्चा जन्माउनु पर्छ ।
(वरिष्ठ स्त्री तथा प्रस्तुति विशेषज्ञ डाक्टर निभा ओझासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)