३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम  « Khabarhub

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले ९ घण्टा सोघपुछ गरेको थियो । सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ ।

ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ । कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कांग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय  प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ५० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै