ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनौती दिन्छु : ईश्वर पोखरेल | Khabarhub Khabarhub

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनौती दिन्छु : ईश्वर पोखरेल


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा  अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौता नभएको बताएका छन्  ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए ।

ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रूपमा रहेको भन्दै उनले  यसलाई पुष्टि गर्न चेतावनी दिए ।

पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ ।

सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षा मन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे ।

असंलग्न परराष्ट्र नीति विपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षा मन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १ : ५७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास