गोविन्दा भन्छन्, 'कृष्णसँग कुनै समस्या छैन'   | Khabarhub Khabarhub

गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’  


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए । 

त्यही शोको अर्को एपिसोडमा पुगेका गोविन्दाले आफ्ना भाञ्जालाई माफी दिएका छन् । मनिषको शोमा पुगेका गोविन्दालाई कृष्णाले माफी मागेको बारे जानकारी गराएपछि गोविन्दाले आफूलाई समस्या नरहेको बताएका छन् । ‘कृष्णाले यहाँ आएर माफी मागे। सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो’ मनिषले शोमा भने । 

गोविन्दाले कुराकानी गर्दै कृष्णा आफ्नो प्रिय भएको बताएका छन् । ‘मेरो कुनै पनि व्यवहारले तपाईंहरू दुःखी हुनुहोस् भन्ने म चाहन्नँ । तपाइएका लागि सधैँ त्यो माफी छ । कृपया रिल्याक्स हुनुहोस्, तपाईंसँग कुनै समस्या छैन ’ गोविन्दाले भनेका छन् । उनले शोमा भनेता पनि माफी दिएका हुन् वा होइनन्? यो आउँदो समयले नै बताउने छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ०४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग