गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’   « Khabarhub

गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’  


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए । 

त्यही शोको अर्को एपिसोडमा पुगेका गोविन्दाले आफ्ना भाञ्जालाई माफी दिएका छन् । मनिषको शोमा पुगेका गोविन्दालाई कृष्णाले माफी मागेको बारे जानकारी गराएपछि गोविन्दाले आफूलाई समस्या नरहेको बताएका छन् । ‘कृष्णाले यहाँ आएर माफी मागे। सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो’ मनिषले शोमा भने । 

गोविन्दाले कुराकानी गर्दै कृष्णा आफ्नो प्रिय भएको बताएका छन् । ‘मेरो कुनै पनि व्यवहारले तपाईंहरू दुःखी हुनुहोस् भन्ने म चाहन्नँ । तपाइएका लागि सधैँ त्यो माफी छ । कृपया रिल्याक्स हुनुहोस्, तपाईंसँग कुनै समस्या छैन ’ गोविन्दाले भनेका छन् । उनले शोमा भनेता पनि माफी दिएका हुन् वा होइनन्? यो आउँदो समयले नै बताउने छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ०४ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका