ओलीले गरे स्थानीय निर्वाचनको समीक्षा, भने– हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए « Khabarhub

ओलीले गरे स्थानीय निर्वाचनको समीक्षा, भने– हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाए ।

‘हामी निराश हुनुपर्ने स्थिति छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौँ,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’

स्थानीय चुनावको परिणामको समीक्षा गर्दै उनले एमालेको स्थिति कमजोर नभएको दाबी गरे । पाँच दलिय गठबन्धनको सरकारले चुनावमा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए ।

‘तपाईं हरु  पार्टीको कार्यकर्ता हो । तपाईंहरुको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान् कार्यकर्ता भएर देखाउनोस्,’ उनले भने ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको