ओलीले गरे स्थानीय निर्वाचनको समीक्षा, भने– हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए « Khabarhub

ओलीले गरे स्थानीय निर्वाचनको समीक्षा, भने– हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाए ।

‘हामी निराश हुनुपर्ने स्थिति छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौँ,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्किए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’

स्थानीय चुनावको परिणामको समीक्षा गर्दै उनले एमालेको स्थिति कमजोर नभएको दाबी गरे । पाँच दलिय गठबन्धनको सरकारले चुनावमा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए ।

‘तपाईं हरु  पार्टीको कार्यकर्ता हो । तपाईंहरुको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान् कार्यकर्ता भएर देखाउनोस्,’ उनले भने ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ४० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको