गण्डकी सरकारले दियो करमा छुटैछुट, कसरी उठ्छ राजश्व ? « Khabarhub

गण्डकी सरकारले दियो करमा छुटैछुट, कसरी उठ्छ राजश्व ?


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने क्षेत्रहरूमा पनि अधिक छुटको व्यवस्था ल्याएको छ । अधिकांश राजश्व घरजग्गा र व्यवसायबाट उठ्छ । सरकारले तिनै शीर्षकमा भारी छुटको व्यवस्था गरेको छ ।

वार्षिक रूपमा ३०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पूर्ण छुट दिने व्यवस्था सरकारले बजेटमार्फत गरेको छ । व्यावसायिक कृषि पेसालाई प्रोत्साहित गर्न उद्योग/व्यवसायको नाममा जग्गा खरिद गर्ने लिखतमा लाग्ने रजिष्ट्रेशन शुल्कमा पनि पुरै छुट दिने अर्थमन्त्री रामजी बरालले बताए ।

स्थानीय तहले सङ्कलन गरी बाँडफाँट गर्ने प्राकृतिक स्रोत शुल्क बापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरूप थप अनुदान दिने, २०६५/०६६ देखि सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनलाई फागुन मसान्तसम्म बुझाउन आए जरिवाना छुट दिने बरालको भनाइ छ । घर जग्गा कारोबारमा जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनमा सहादत प्राप्त गरेका सहिद र बेपत्ता परिवारका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता–पिताको नाममा स्वामित्व हुने गरी लिखतमा सबै शुल्क छुट गरिदिएको छ ।

अपाङ्गता भएका, दलित र पिछडिएको जातिलाई उनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा एक पटकको लागि घर जग्गा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिएको छ । राष्ट्र बैकको नीति अनुरूप वित्तीय संघ–संस्थाको स्थापना तथा सञ्चालनको सम्भावनाका आधारमा प्रदेश सरकारको वित्तीय नीति तय गरी प्रदेश सरकारको न्यून स्रोतको परिपूर्ति गर्ने बरालले बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४९ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ