फ्रान्स, जर्मनी र इटालीका नेताहरु रेल चढेर किभ पुगे « Khabarhub

फ्रान्स, जर्मनी र इटालीका नेताहरु रेल चढेर किभ पुगे


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ सोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार राजधानी किभ पुगेका छन् ।

नेताहरू पोल्याण्डबाट विशेष रेल चढेर त्यहाँ पुगेको तस्बिर अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ । शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो ।

म्याक्रोनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने र ‘नरसंहार भएको युद्धस्थलमा जाने’ बताएका छन् । त्यस्तै उनले किभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई ‘युद्ध अपराध’ भनेका छन् । ‘यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो’ म्याक्रोनले रेलबाट ओर्लँदै भने ।

उनले वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको भएपनि त्यो विषय धेरै गाह्रो हुने बताएका छन् । युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो । तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट किभका लागि विशेष रेलमा यात्रा गरेका थिए।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण–पूर्वी शहर रजेस्जोमा राती भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ ।
फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए ।

रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि किभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेको जनाइएको छ ।

अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा किभको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने