फ्रान्स, जर्मनी र इटालीका नेताहरु रेल चढेर किभ पुगे « Khabarhub

फ्रान्स, जर्मनी र इटालीका नेताहरु रेल चढेर किभ पुगे


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ सोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार राजधानी किभ पुगेका छन् ।

नेताहरू पोल्याण्डबाट विशेष रेल चढेर त्यहाँ पुगेको तस्बिर अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ । शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो ।

म्याक्रोनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने र ‘नरसंहार भएको युद्धस्थलमा जाने’ बताएका छन् । त्यस्तै उनले किभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई ‘युद्ध अपराध’ भनेका छन् । ‘यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो’ म्याक्रोनले रेलबाट ओर्लँदै भने ।

उनले वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको भएपनि त्यो विषय धेरै गाह्रो हुने बताएका छन् । युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो । तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट किभका लागि विशेष रेलमा यात्रा गरेका थिए।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण–पूर्वी शहर रजेस्जोमा राती भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ ।
फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए ।

रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि किभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेको जनाइएको छ ।

अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा किभको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ३७ बजे

१९ बलमा काठमाडौंका भीमको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम– इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको