यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए « Khabarhub

यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमनमा कारलाई लक्षित गरी गराइएको बम आक्रमणमा परी एकजना पत्रकार मारिएका छन् । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा स्थानीय यमनी पत्रकार चढेको गाडीमा विस्फोट भएको हो ।

मारिनेमा स्थनीय पत्रकार साबेर नोमान अल–हैदरी रहेको जनाइएको छ । ती पत्रकार चढेको गाडीमा जडान गरिएको बमबाट एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट भएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्दै आएका थिए । उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ ।

हुथी लडाकुले यमनको उत्तरी भूभागमा कब्जा जमाएका छन् भने साउदी समर्थित यमनी सरकार अहिले शक्तिहीन जस्तै बनेको छ ।

स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेको जनाएका छन् । यद्यपि, रणनीतिक यमन बन्दरगाह सहरमा छिटपुट बम विस्फोटका घटनाहरू र गोलाबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ४३ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण