अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन : गृहमन्त्री « Khabarhub

अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन : गृहमन्त्री


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुने बताएको छ ।

बिहीबार प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नहुने बताएका हुन्।

नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्री खाँणले बताए ।

प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’

नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए । तर सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने भन्दै उनले भने, ‘तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँँग सैन्य सन्धि गरेर सेना आउने, नेपालको भूभागमा अर्को देशको सेना आउने, टुँडिखेलमा आएर परेड खेल्ने हुन सक्दैन।’

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ५० बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र