महेश बाबुको फिल्ममा बलिउड एक्ट्रेस नहुने  | Khabarhub Khabarhub

महेश बाबुको फिल्ममा बलिउड एक्ट्रेस नहुने 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु । उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छन् । आरआरआर , केजीएफ : च्याप्टर २ लगायतका फिल्मले नर्थ इन्डियामा पनि राम्रो कलेक्सन गर्‍यो। 

पहिले साउथमा रिलिज भएको केही समयपछि डबिङ भएर आउने फिल्महरू अहिले सेमडेटमा हलमा आउने गरेका छन् । राम चरण, प्रभास, जुनियर एन्टीआर जस्ता अभिनेताले हिन्दीमा आफैँले स्वरांकन समेत गरेका छन् । यद्यपि यो लिस्टमा महेश बाबु छैनन् । उनले आफ्नो फिल्म हिन्दीमा आउनु जरुरी नरहेको बताए ।  ‘मलाई हिन्दी फिल्म खेल्नु पर्ने जरुरी छैन । म जहाँ छु, ठिक छु, ’उनले पछिल्लो समय एक इभेन्टमा भनेका थिए ।

यिनै महेश बाबु नेक्स्ट प्रोजेक्ट निर्देशक एसएस राजामौलीसँग गर्दैछन् । पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् । अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने छ । पछिल्लो समय साउथ फिल्मलाई बलिउडसँग लिंक गरिरहेका राजमौलीलाई बलिउडको कलाकार नलिन महेशले आग्रह गरेका छन् । उनले आफ्नो फिल्म हिन्दीमा डबिङ भएता पनि कलाकारहरू साउथकै हुनुपर्ने बताएका छन् । 

कथालाई पटकथाको स्वरूप दिने काममा निर्देशक राजमौलीसँगै उनका पिता विजयेन्द्र प्रसाद लागिरहेका छन् । फिल्मको स्क्रिप्ट ‘लक्ड’ भएमा आउँदो जुलाईबाट छायांकनमा लाने तयारी समेत टिमको छ । ‘फिल्मलाई तामिल र तेलुगु दर्शकलाई लक्षित गरेर तयार गरिनेछ । किनकी यो इन्डिया भर चलाउने उद्देश्यले तयार गरिदै छैन । फिल्ममा अभिनेत्री भूमिका पनि त्यति महत्वपूर्ण छैन’ फिल्मसँग जोडिएका एक सदस्यलाई उदृत गर्दै बलिउड हंगामाले लेखेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ५० बजे

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे