महेश बाबुको फिल्ममा बलिउड एक्ट्रेस नहुने  « Khabarhub

महेश बाबुको फिल्ममा बलिउड एक्ट्रेस नहुने 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु । उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छन् । आरआरआर , केजीएफ : च्याप्टर २ लगायतका फिल्मले नर्थ इन्डियामा पनि राम्रो कलेक्सन गर्‍यो। 

पहिले साउथमा रिलिज भएको केही समयपछि डबिङ भएर आउने फिल्महरू अहिले सेमडेटमा हलमा आउने गरेका छन् । राम चरण, प्रभास, जुनियर एन्टीआर जस्ता अभिनेताले हिन्दीमा आफैँले स्वरांकन समेत गरेका छन् । यद्यपि यो लिस्टमा महेश बाबु छैनन् । उनले आफ्नो फिल्म हिन्दीमा आउनु जरुरी नरहेको बताए ।  ‘मलाई हिन्दी फिल्म खेल्नु पर्ने जरुरी छैन । म जहाँ छु, ठिक छु, ’उनले पछिल्लो समय एक इभेन्टमा भनेका थिए ।

यिनै महेश बाबु नेक्स्ट प्रोजेक्ट निर्देशक एसएस राजामौलीसँग गर्दैछन् । पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् । अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने छ । पछिल्लो समय साउथ फिल्मलाई बलिउडसँग लिंक गरिरहेका राजमौलीलाई बलिउडको कलाकार नलिन महेशले आग्रह गरेका छन् । उनले आफ्नो फिल्म हिन्दीमा डबिङ भएता पनि कलाकारहरू साउथकै हुनुपर्ने बताएका छन् । 

कथालाई पटकथाको स्वरूप दिने काममा निर्देशक राजमौलीसँगै उनका पिता विजयेन्द्र प्रसाद लागिरहेका छन् । फिल्मको स्क्रिप्ट ‘लक्ड’ भएमा आउँदो जुलाईबाट छायांकनमा लाने तयारी समेत टिमको छ । ‘फिल्मलाई तामिल र तेलुगु दर्शकलाई लक्षित गरेर तयार गरिनेछ । किनकी यो इन्डिया भर चलाउने उद्देश्यले तयार गरिदै छैन । फिल्ममा अभिनेत्री भूमिका पनि त्यति महत्वपूर्ण छैन’ फिल्मसँग जोडिएका एक सदस्यलाई उदृत गर्दै बलिउड हंगामाले लेखेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ५० बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित