राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, एन्फासँग बिदा मिलाएका प्रशिक्षक अलमुताइरी कुवेतमै « Khabarhub

राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, एन्फासँग बिदा मिलाएका प्रशिक्षक अलमुताइरी कुवेतमै


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा सहभागी भएर स्वदेश फर्केको छ । कुवेतमा भएको छनोटमा अङ्कविहीन भएको नेपाली टोली बिहीबार नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीले स्वागत गरे ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर नेपालका कुवेती प्रशिक्षक स्वदेशमै बसेका हुन् ।

नयाँ खेलाडीहरूको प्रदर्शन सन्तोषजनक भएको कप्तान नवयुग श्रेष्ठको भनाइ छ । यसअघि टोलीमा रहेका अनुभवी खेलाडीको अनुपस्थितिमा नतिजा सोचेजस्तो नआएको नवयुगले बताए ।

छनोटमा नेपाल समूह ‘ए’ को पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ५६ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६