राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, एन्फासँग बिदा मिलाएका प्रशिक्षक अलमुताइरी कुवेतमै | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, एन्फासँग बिदा मिलाएका प्रशिक्षक अलमुताइरी कुवेतमै


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा सहभागी भएर स्वदेश फर्केको छ । कुवेतमा भएको छनोटमा अङ्कविहीन भएको नेपाली टोली बिहीबार नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीले स्वागत गरे ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर नेपालका कुवेती प्रशिक्षक स्वदेशमै बसेका हुन् ।

नयाँ खेलाडीहरूको प्रदर्शन सन्तोषजनक भएको कप्तान नवयुग श्रेष्ठको भनाइ छ । यसअघि टोलीमा रहेका अनुभवी खेलाडीको अनुपस्थितिमा नतिजा सोचेजस्तो नआएको नवयुगले बताए ।

छनोटमा नेपाल समूह ‘ए’ को पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ५६ बजे

कपडामा लेपन गरिएको सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित

बहस : अब बदल्नैपर्छ निर्वाचन प्रणाली

नेपालमा राणा शासनको इतिहास खोतल्दै जाँदा ‘राणा शासन’का ऐतिहासिक पानासम्मै

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ