पोखरामा प्याराग्लाइडिङको विकल्प खोज्न गण्डकी प्रदेश सरकारको चासो « Khabarhub

पोखरामा प्याराग्लाइडिङको विकल्प खोज्न गण्डकी प्रदेश सरकारको चासो


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यद्यपि पोखराका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट वक्तव्यबाटै पोखराबाट प्याराग्लाइडिङको वैकल्पिक विस्थापनको खोजी गर्न बजेट छुट्याएको छ ।

यद्यपि बजेट रकम भने खुलाइएको छैन । प्रदेशका अर्थमन्त्री रामजी बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको बताए । सरकारले यसपालि पर्यटनलाई चासोका साथ बजेट विनियोजन गरेको छ ।

बजेटमा होमस्टे प्रबर्द्धनदेखि साहसिक पर्यटनसम्म चासो दिइएको छ । प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपनलाई, बञ्जीजम्प, बीच टुरिजम तथा वाईल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन भएको बरालले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ०७ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति