नक्कली नोट र नोट छाप्ने मेसिनसहित मामा भान्जा पक्राउ | Khabarhub Khabarhub

नक्कली नोट र नोट छाप्ने मेसिनसहित मामा भान्जा पक्राउ


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा नक्कली नोट र नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् । नक्कली नोटसहित प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र १८ वर्षीय अनुराग रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरु नातामा मामा भान्जा रहेको प्रहरीले जनाएको छ ।

रामदास रानाले धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँमा बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

अनुराग रानाले चलाएको मोटरसाइकलले साइकलयात्री टेकबहादुर छेडाललाई ठक्कर दिएपछि उनको उपचार गर्न पैसा तिर्ने क्रममा १ हजारको एक थान नक्कली नोट फेला परेको प्रहरील‍े जनाएको छ ।

नक्कली नोटका विषयमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अनुराग रानालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा रामदासले नक्कली नोट छाप्ने गरेको भन्ने पत्ता लागेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १ हजारका २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डब्बा, एक थान रंगीन प्रिन्टर, एक थान मनिटर, एक थान सिपियू, एक थान लेमिनेसन मेसिन, एक थान किबोर्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ .

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : १४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार