नक्कली नोट र नोट छाप्ने मेसिनसहित मामा भान्जा पक्राउ « Khabarhub

नक्कली नोट र नोट छाप्ने मेसिनसहित मामा भान्जा पक्राउ


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा नक्कली नोट र नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् । नक्कली नोटसहित प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र १८ वर्षीय अनुराग रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरु नातामा मामा भान्जा रहेको प्रहरीले जनाएको छ ।

रामदास रानाले धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँमा बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

अनुराग रानाले चलाएको मोटरसाइकलले साइकलयात्री टेकबहादुर छेडाललाई ठक्कर दिएपछि उनको उपचार गर्न पैसा तिर्ने क्रममा १ हजारको एक थान नक्कली नोट फेला परेको प्रहरील‍े जनाएको छ ।

नक्कली नोटका विषयमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अनुराग रानालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा रामदासले नक्कली नोट छाप्ने गरेको भन्ने पत्ता लागेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १ हजारका २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डब्बा, एक थान रंगीन प्रिन्टर, एक थान मनिटर, एक थान सिपियू, एक थान लेमिनेसन मेसिन, एक थान किबोर्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ .

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : १४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी