नेपालले चाहे एसपीपीबाट बाहिरिन सक्छ : अमेरिका « Khabarhub

नेपालले चाहे एसपीपीबाट बाहिरिन सक्छ : अमेरिका


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) मा सहभागि हुन नचाहेको खण्डमा नेपालले त्यसबारे जानकारी दिएर आफ्नो सहभागिता अन्त्य गर्नसक्ने बताएको छ ।

एसपीपीबारे विवाद चुलिरहेका बेला काठमाडौंँस्थित अमेरिकी दूतावासले नेपालले जानकारी गराएर सहभागिता अन्त्य गर्नसक्ने बताएका हो ।

दूतावासका कार्यवाहक राजदूत म्यानुअल पी मिकलरले एसपीपीमा आबद्ध करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको जानकारी दिँदै कुनै पनि मुलुकले अब हामी यस कार्यक्रममा सहभागी हुन्नौँ भनी जानकारी गराएमात्र पुग्ने बताएका हुन् ।

एक प्रेस नोटमार्फत् उनले भने, ‘कुनै देशले संयुक्त राज्य अमेरिकालाई अब हामी यो कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर जानकारी मात्र दिए पुग्छ।’

उनले एसपीपीबारे नेपालले गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको भएपनि त्यस अन्तर्गत हालसम्म कुनै गतिविधि नभएको पनि स्पष्ट पारेका छन् । त्यस्ता गतिविधि नेपाल सरकारको अनुमतिमा मात्रै हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : ३७ बजे

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय