‘आगामी चुनावमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’ « Khabarhub

‘आगामी चुनावमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कमभन्दा कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कोइरालाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको बताए ।

गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही  भन्न नसक्ने प्रतिक्रिया दिए ।

अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।

स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उम्मेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

फरक प्रसङ्गमा उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढङ्गले विभाग र भातृ संस्था बनाउन भनेको सुनाए। नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।

१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।

‘कांग्रेस विधिसम्मत, विधानसम्मत हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिअनुसार चलोस् भनेर आफूहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।

रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यवृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ४४ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।