म सानैदेखि एकान्त प्रेमी थिएँ | Khabarhub Khabarhub

म सानैदेखि एकान्त प्रेमी थिएँ

फिल्म निर्माणबारे ज्ञान भए मात्रै राम्रो सिनेमा बन्छ 



काठमाडौँ – पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशभर फिल्म निर्माण र अध्ययनतर्फ चासो बढेको छ । युवापुस्ताहरु माझमा साहित्यसँगसँगै लेखन र फिल्म निर्माणतर्फ पनि चासो बढेको हो । त्यसका लागि केही फिल्म पढाई हुने कलेज खुलेपछि झन् सहज भएको छ । तर चुनौती भने यथावत् छ । साहित्य तथा फिल्म लेखन, निर्देशन र पछिल्लो पुस्ताको आकर्षणबारे खबरहबका लागि सेसेमी लिम्बुले निर्देशक तथा साहित्यकार हेमप्रभास अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय तपाईँको काम कसरी अघि बढिरहेको छ ?
हामी सिर्जनात्मक क्रियाकलापमा संग्लग्न भइरहने भएकोले सिर्जनाका कामहरु एउटा दिनचर्यामा भन्दा पनि कहिलेकाहीँ त्यसलाई ब्रेक गरेर पनि चलिरहन्छ । झन् पछिल्लो समय हामीलाई अवगत नै छ, सबैतिर अस्त व्यस्त भइरहेको हुनाले हाम्रा क्रियाकलापहरुमा पनि ब्रेक लागेका छन् ।

सिर्जनाका क्रममा विशेष कुन पक्षबाट प्रेरित रहने गर्नु भएको छ ?
हामी विशेष दुई वटा कुराबाट प्रेरित हुने गरेका छौ । भावनात्मक रूपमा र हाम्रो समाज संस्कृति र प्रकृतिसँग जोडिएर आउने कुराहरू हुन्छन् । यी कुराहरूको प्रत्येक छायाबाट नै सिर्जनाकारले सिर्जनालाई अगाडी ल्याउने हो । भावनात्मक रूपमा हरेक मान्छे बलियो हुन्छ । फरक यति हो कि कसैले त्यसलाई शब्द अथवा दृश्यबापत सार्वजनिक गर्छ भने कसैले गर्दैन ।

भावनाहरू समेटिएर कोरिएका रचनाहरू हुन्छन् । कुनै समय आफ्ना सिर्जनाहरूले तपाइको पाठकहरूको समवेदनामा सम्बन्धित रहन नसक्ला कि भन्ने चुनौती अनुभूति हुन्छ कि हुँदैन ?
त्यो त अवश्य पनि हुन्छ । किनभने हरेक कुराहरूको चरण हुन्छ । पहिलो कुरा भनेको मानिस भावनात्मक रूपमा आफूमा परिपूर्ण हुन्छन् । त्यो कुरालाई सार्वजनिक गर्दा त्यो समवेदना र भावनात्मक उच्छृङ्खल चाहिँ अरू मान्छे भएको ठाउँमा गएर साक्षात्कार हुन सक्छ कि सक्दैन । अथवा उसको मन मस्तिष्कलाई मुखाकृत गर्न सक्ने भावनात्मक अभिव्यक्ति हो कि होइन । यदि त्यो भइदिएन भने सिर्जनाकारहरू पनि एक पाइला पछाडि हुन्छन् । त्यहाँ अझै पनि केही नपुगेको हो कि भन्ने महसुस हुन्छ ।

लेख्ने क्रममा कसरी शब्द चयन गर्नुहुन्छ ?
यी पक्षहरूमा जानकारी लिने कुराहरू हुन्छन् । भाषा, किताब पठन पाठन अथवा कुनै दृश्य हेरेर लिने कुराहरू आउँछन् भने अर्को समाज, संस्कृति र प्रकृतिलाई कतिको अध्ययन गरिरहेका छौ भन्ने कुराहरू पनि आउने गर्छन् । पुस्तक पढ्ने मात्र नभएर हामी मान्छेहरूको मन पढिरहेका छौ कि छैनौ? यहाँका रुख, छाँगा छहरा, ताल तलैया, झरनाहरुको गीत हामीले सुनिरहेका छौ कि छैनौ भन्ने कुराहरू हुन्छन् । यी सबै चरणबाट मान्छेहरुले जानकारी प्राप्त गर्ने हो । यी जानकारीहरुलाई सिर्जनात्मक शैलीमा लयबद्ध गरेर पाठक समक्ष कसरी प्रकाशन गर्छौ । ती प्रकाशित गर्न कस्ता तरिका अपनाउँछौ भन्ने कुराहरू पनि आउँछन् । यसरी नै शब्द चयनको पहिलो चरण जहाँ हामी पुस्तक पढेर अध्ययन गर्छौ । मानिसहरु भावना र समवेदनालाई बुझ्छौ भने दोस्रो चरणमा सार्वजनिक गर्ने सिर्जनात्मक दृष्टिकोणबाट अगाडी जाने रचनालाई आविष्कारका रुपमा लिन्छु ।

पहाड बोकेर पहाड तिर, सहर पसेको मान्छे, गीतै गीतको गाउँ र उल्झन उपन्यास जस्ता तपाईकन कविता संग्रहहरु सार्वजनिक भइसकेका छन् । तपाई बाल्यकालदेखि नै लेखनप्रति आकर्षित हुनुन्थ्यो ?
म सानैबाट एकान्त प्रेमी थिए । जब मान्छेको कोही छैन भने उसँग धेरै कुराहरू हुने रहेछन् । म अत्यन्तै एकान्तमा बस्न चाहने । बोल्न पनि त्यति खुली नहाल्ने भने कसैसँग सार्वजनिक पनि भई नहाल्ने र आफ्ना कुराहरू आफैसँग बातचित गर्ने स्वभाव थियो । त्यो हुँदा मलाई जहाँ बसेर चराहरुको गीत सुनेर, प्रकृतिको आवाज सुनेर हुर्के जहा खोलाका आवाजहरू मेरा मनमा प्रतिबिम्बित भए अनि ती दृश्यहरूले र ती प्राकृतिक सुन्दरताले बाँचेको युग र यहाँको संस्कृति र यहाँका मान्छेहरूको कार्य व्यवस्थाका पक्षहरुले मलाई छोयो । व्यक्तिगत रुपमा म कुनै व्यक्तिबाट प्रेरित भएको भन्दा पनि रचनाको मार्गमा म प्राकृतिक, सांस्कृतिक र आफूले टेकेको धर्तीले प्रेरित गरेको हो जस्तो मलाई लाग्छ । अहिले आएर जुन मलाई पहिलेका दिनहरुमा जानकारी थिएन । म अरुका गीतहरु सुन्थे । अरुले लेखेका पुस्तकहरु पढ्थे । समवेदनाले म पनि भरिएको छु र आफूलाई निचोर्न चाहन्छु भन्ने मलाई लाग्थ्यो । तर मलाई के कुराले आकर्षित गरिरहेको छ भन्ने कुरा त्यति बेला थाहा थिएन । अहिले धेरै वर्षपछिको भूगोल उभिएर फर्केर हेर्दा मलाई लाग्छ, त्यति बेलाका यी पक्षहरु मेरा प्रेरणाका स्रोत बन्न पुगेका रहेछन् ।

लामो समयदेखि लेखन क्षेत्रमा सक्रिय हुनु भएको अहिले विगत पाँच वर्षदेखि निर्देशन क्षेत्रतिर पनि आबद्ध हुनुहुन्छ । निर्देशनतर्फ कसरी प्रभावित हुन पुग्नु भयो ?
मलाई निर्देशनतर्फ पहिले देखि नै रुचि रहेछ भन्ने कुरापछि मात्र अनुभूति भयो । हामी सानोमा सिनेमाहरू हेर्थ्यौ । सिनेमा हेर्ने क्रममा सँगैका साथीहरूले त्यहाँका दृश्यहरू भन्दा पनि त्यहाँका विषयवस्तु, संवाद वितरण र अन्य कुराहरू नियालेर पुरै सिनेमा नै मन मस्तिष्कमा याद गर्ने चलन थियो । तर म चाहिँ त्यतिबेला पनि त्यहाँका फूल, त्यहाँका डाँडा काँडा कति अंश देखियो । त्यहाँको फ्रेमिंग र कम्पोजिसन हेर्ने रहेछु, जुन अहिले आएर मलाई महसुस हुन्छ । त्यसो हुनाले मेकिंगतर्फ मेरो रुचि रहेछ । म स्नातक स्तरमा पढ्ने बेला फिल्म अध्ययन थिएन । जसले गर्दा म साहित्यतर्फ गए। तर पछिल्लो समय जब मैले कथा, उपन्यास लेखे र कविता वाचन गर्न थाले । मैले अब दृश्यको काम पनि गर्न थाल्नु पर्छ भन्ने भावनाहरू आउन थाले । विगतमा मलाइ कथा तयार भइसकेपछि क्यामेरा चलाएपछि सिनेमा बन्छ भन्ने मलाई लाग्थ्यो जुन गलत निस्कियो । हरेक कुराको पछाडि केही घटक हुँदो रहेछन् । जसका बारेमा जानकारी हुनु पर्दो रहेछ । त्यसपछि मैले त्यसको अध्ययन गर्न थाले र मलाई केही पनि थाहा रहेनछ भन्ने महसुस हुँदै गयो ।

पछिल्लो समय फिल्म स्कुलहरु पनि स्थापना हुँदै जाँदा यसको माहोल कस्तो पाइरहनु भएको छ ?
यसले गर्दा मानिसमाझ सिनेमा साक्षरता बढ्दै गएको छ । यसले गर्दा जति पनि मेकिङको हिसाबमा कामहरु हुन्छन् । त्यसमा पूर्णता दिन प्रति दिन बढ्दै गइरहेको छ । जस्तो मलाई लाग्छ । त्यसैगरी जो यो क्षेत्रमा रुचि राख्नु हुन्छ, उहाँहरुको लागि एउटा प्लाटफर्म पनि भयो  । त्यहाँबाट हामीले कति लिन सक्छौ सक्दैनौ, भोलिका दिनमा त्यसले सकारात्मक प्रभाव पार्न सकिन्छ कि सकिँदैन भन्ने आफूमा निर्भर हुने कुरा हो । त्यसैले जो यो क्षेत्रतर्फ प्रवेश गर्न चाहनुहुन्छ । उहाँहरुको लागि केही सिक्ने एउटा प्रक्रियाको लागि अत्यन्तै सहज बन्न पुगेको छ  ।

अध्ययन गरेपश्चात विद्यार्थीहरूको व्यावहारिक नियुक्तिको लागि कत्तिको सुरक्षित छ ?
मेरो बुझाइमा जब हामी पठनपाठनवापत प्राप्त गरेको ज्ञानहरु मा पनि व्यावहारिक ज्ञानहरु हुन्छन् । तर यतिले मात्र केही पनि हुँदैन रहेछ । भोलिका दिनमा हामीले नियम ब्रेक गरेर पनि काम गर्नु पर्ने हुन्छ । तर त्यो नियम ब्रेक गर्न पनि नियमको जानकारी हुन् जरुरी छ ।  त्यो नियम सिकाउने काम फिल्म स्कुलहरुले सिकाँउछ । हरेक क्षेत्रमा हामीले एउटा ज्ञान प्राप्त गरिरहेका हुन्छौ । यसलाई हामी कार्यमा कसरी परिणत गर्छौ भन्ने कुरामा जोड दिन जरुरी छ । जति ज्ञान लिए पनि यदि त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसको अर्थ रहँदैन ।

फिल्म मेकिङमा शैक्षिक योग्यता नभई कन पनि लामो समयदेखि काम गर्दै आउनु भएका मेकर्स पनि हुनुहुन्छ। तपाइले म शैक्षिक अध्ययन गरेर नै प्रवेश गर्छु भनेर किन जरुरी सोच्नु भयो ?
म सिनेमा बनाउँछु भन्ने सोच धेरै वर्ष अघि देखि आइरहेको थियो । म कथा रचना गर्छु र नेपालमा रहनु भएका सिनेमाटोग्राफरलाइ लिएर त्यसको आधारमा सिनेमा बनाउँछु भन्ने थियो । मैले सामाजिक सञ्जालमा केही रिसर्च पनि गरे। मलाई यी कुराहरुको ज्ञान चाहिने रहेछ भन्ने अनुभूति भयो  । मैले सुरुमा अध्ययन गरेर फिल्डमा काम गर्दा छोटो अवधिमै पनि राम्रो काम गर्न सक्छु भने सुरुवातमा अध्ययन नै नगरीकन काम सुरु गरे भने दशकौँपछि मात्र राम्रो काम गर्न सकिने रहेछ भन्ने मलाई महसुस भयो । त्यसैले अध्ययन गर्ने वातावरण पनि सिर्जना भएको हुनाले मैले पढेरै अघि बढ्नु पर्छ भन्ने मलाई लाग्यो । विषयवस्तु अथवा फिल्म मेकिङका सामग्रीहरुको बारेमा अवगत रह्यो भने काम गर्नलाई सहज हुन्छ भन्ने महसुस भएको छ । त्योसँगसँगै यसैमा करियर बनाउनेको पनि करियर बन्छ । सफलता हात पर्छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : १० बजे

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री

छोराले आफ्नै बुबाको हत्या गरेपछि…

 त्रिवेणी– रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा हिनामिना, तत्कालीन निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी

जनकपुरधाम-वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी

प्लास्टिकजन्य फोहर नजलाउन आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका