नेपालसँगै विदेशमा पनि ‘प्रकाश’ « Khabarhub

नेपालसँगै विदेशमा पनि ‘प्रकाश’


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म  ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकि प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको सम्वत् पहिलो हो । किनकि यसअगाडि आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका थिएनन् ।

उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन् ।  फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए ।‘

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्ममा युद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाए छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । जहाँ प्रदीपको आफ्नो स्टारडमको छायाँ भन्दा ‘प्रकाश’ लाई बाहिर ल्याउने प्रयत्न गरेका छन् ।

विशेषत दर्शकले फिल्म हेर्दै गर्दा प्रदीपलाई स्टार वा प्रेमको रूपमा नहेरुन भनेर नै उनले यो मेहनत गरेका हुन् । आफ्नो जुम्लेली चरित्रलाई जीवन्त बनाउन उनले काठमाडौँमै खाली खुट्टा यात्रा समेत गरेका थिए ।  शिक्षक बन्ने सपना देखेर जुम्लाको एक युवाले भोग्ने पीडालाई फिल्ममा देखाउन खोजिएको छ । समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ ।

फिल्मको सार्वजनिक सामग्रीकै कारण फिल्म विदेशका केही देशहरूमा बिक्री भएको छ। निर्माण कम्पनी बिनिस इन्टरटेनमेन्टका  अनुसार नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडल इष्टमा एकसाथ प्रदर्शन हुने गरि प्रदर्शन अधिकार बिक्री भएको छ। उल्लेखित देशहरूमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको दाबी निर्माण टिमको छ । साथै अन्य केही देशहरूबाट पनि माग भइरहेको र छिट्टै नै टुंगो लाग्ने निर्माता महेन्द्र अधिकारीले बताए ।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा जुम्लाको परिवेशलाई टिपेको छ । यसमा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : ०३ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको