सुन्दरी गायिका मिलन (फोटो फिचर) | Khabarhub Khabarhub

सुन्दरी गायिका मिलन (फोटो फिचर)


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिलन नेवार सांगीतिक आकाशमा उदाएकी गायिका हुन्। आसामकी गायिकाले नेपाललाई आफ्नो कर्मभूमि बनाएकी छिन् । ६ सयभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी मिलन अहिले नेपालको हिट गायिकाको सुचीमा छिन् । नेपालीसँगै आसामी, हिन्दी र राजस्थानी भाषामा समेत गरी २ हजारभन्दा बढि गीत गाइसकेकी छिन् ।


यी गायिका नेपाली गीतमा आफ्नो वर्तमान मात्र होइन, भविष्य पनि देखिरहेकी छिन् । देश-विदेशका कयौं स्टेजमा गाइसकेकी मिलन नेपाली दर्शक-स्रोताकै चाहनाअनुरूप सांगीतिक यात्रा अगाडि बढाई रहेकी छिन्। पछिल्लो समय आफ्नो गीतको बन्ने भिडियोमा आफै समेत देखिने गरेकी मिलन कोरोना भाइरसको महामारी पश्चात विदेशमा हुने इभेन्टमा सहभागिता जनाइरहेकी छिन् । 

फिल्म नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’  गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् । भन्नेहरू भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।

२०७४ साल असोज २ गते । नेपाली सञ्चारमाध्यमहरूमा गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए । सन् २०११ मा मागी विवाह गरेका उनीहरूले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई सांगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

मिलन आजभोली आफ्नो सांगीतिक जीवनमा खुशी छिन्। उनी गीतकै शिलशिलामा स्वदेश र विदेशका विभिन्न स्थानमा पुग्ने गर्छिन्  । यिनै मिलनको सुन्दरतालाई खबर हबले आफ्नो क्यामरामा कैद गरेको छ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : १५ बजे

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी जोशीबीच भेटवार्ता

काठमाडौं– भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन

एक्लै चुनाव लड्न सकिने अवस्था बन्यो : माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं– नेकपा माओवादीले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन