सुन्दरी गायिका मिलन (फोटो फिचर) « Khabarhub

सुन्दरी गायिका मिलन (फोटो फिचर)


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिलन नेवार सांगीतिक आकाशमा उदाएकी गायिका हुन्। आसामकी गायिकाले नेपाललाई आफ्नो कर्मभूमि बनाएकी छिन् । ६ सयभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी मिलन अहिले नेपालको हिट गायिकाको सुचीमा छिन् । नेपालीसँगै आसामी, हिन्दी र राजस्थानी भाषामा समेत गरी २ हजारभन्दा बढि गीत गाइसकेकी छिन् ।


यी गायिका नेपाली गीतमा आफ्नो वर्तमान मात्र होइन, भविष्य पनि देखिरहेकी छिन् । देश-विदेशका कयौं स्टेजमा गाइसकेकी मिलन नेपाली दर्शक-स्रोताकै चाहनाअनुरूप सांगीतिक यात्रा अगाडि बढाई रहेकी छिन्। पछिल्लो समय आफ्नो गीतको बन्ने भिडियोमा आफै समेत देखिने गरेकी मिलन कोरोना भाइरसको महामारी पश्चात विदेशमा हुने इभेन्टमा सहभागिता जनाइरहेकी छिन् । 

फिल्म नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’  गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् । भन्नेहरू भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।

२०७४ साल असोज २ गते । नेपाली सञ्चारमाध्यमहरूमा गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए । सन् २०११ मा मागी विवाह गरेका उनीहरूले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई सांगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

मिलन आजभोली आफ्नो सांगीतिक जीवनमा खुशी छिन्। उनी गीतकै शिलशिलामा स्वदेश र विदेशका विभिन्न स्थानमा पुग्ने गर्छिन्  । यिनै मिलनको सुन्दरतालाई खबर हबले आफ्नो क्यामरामा कैद गरेको छ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : १५ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका