प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल « Khabarhub

प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ । 

विभिन्न मुद्दामा फैसलापश्चात् फरार रही प्रहरीबाट पक्राउ गरिएको प्रतिवादीबाट आव २०७८/७९ मा १३६ वर्ष १० महिना २८ दिन, अदालतले फैसलापश्चात् कैद ठेकिएको ३४४ वर्ष नौ महिना २५ दिन र अन्यबाट ६३ वर्ष आठ महिना नौ दिन कैद असुल गरिएको स्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार ती प्रतिवादीबाट सोही आवमा रु एक करोड ६६ लाख ७५ हजार जरिवाना असुल गरिएको थियो । 

यस्तै जिल्ला अदालतले चालु आवमा एक हजार ३७३ अर्थात् ४६ दशमलव ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको जनाएको छ । चालु आवमा एक हजार ६५६ मुद्दा फछर्यौट गर्ने लक्ष्य लिइएकामा २८३ थान मुद्दा कम फछर्यौट भएको हो । कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यभन्दा कम मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश मोहनराज भट्टराईले बताए । त्यस्तै अदालतमा जिम्मेवारी सरी आएका ६६४ थान र नयाँ दर्तातर्फ ७०९ गरी जम्मा एक हजार ३७३ थान मुद्दा फछर्यौट गरेको थियो । आव २०७८/७९ का लागि लक्ष्यभन्दा ४०२ थान बढी मुद्दा दर्ता भएको र एक हजार ५६३ मुद्दा फछर्यौट बाँकी रहेको उनले बताए । 

तीमध्ये दुई वर्ष नाघेका २०६ थान र सबैभन्दा पुरानो २०७ थान मुद्दा फैसला गर्न बाँकी छन् । अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फछर्यौट गर्दै आएको जनाइएको छ । ‘क्षतिपूर्ति भर्न  प्रतिवादीको लगत असुलउपर गर्न संयन्त्र कमजोर रहेकाले पनि लक्ष्यअनुसार प्रगति हुन सकेन’, न्यायाधीश भट्टराईले भने। जम्मा लगतअनुसार अदालतले चालु आवमा रु ६७ करोड ६६ लाख जरिवाना असुलउपर गर्नुपर्ने थियो । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : ०८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन