एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी श्रेष्ठ « Khabarhub

एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी श्रेष्ठ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए ।

कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए ।

कार्यक्रममा उनले अब वामपन्थीहरू कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्टीहरूको एकतालाई जोगाउन नसकेकोमा आत्माआलोचना पनि गरे । उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : २५ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको