मझुवागढी नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा « Khabarhub

मझुवागढी नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिको समीक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफेलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर सामूहिक गरेका छन् ।

 

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य चौकी दोर्पाचिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका तारादेवी राईलाई नगद १५ हजार सहित उत्कृष्ट स्वयंसेविका पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

गत १५ असारमा हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर र  खोटाङलाई १४ पुस २०७४ मा ३१ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : ४६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन