मझुवागढी नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा | Khabarhub Khabarhub

मझुवागढी नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिको समीक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफेलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर सामूहिक गरेका छन् ।

 

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य चौकी दोर्पाचिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका तारादेवी राईलाई नगद १५ हजार सहित उत्कृष्ट स्वयंसेविका पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

गत १५ असारमा हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर र  खोटाङलाई १४ पुस २०७४ मा ३१ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : ४६ बजे

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्

क‍ाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित