हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो  « Khabarhub

 हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

३० महिनामै बच्चा जन्मिएको, अवधि नपुग्दै जन्मिएका कारण नवजात शिशुको तौल कम भएकाले आइसियुमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्य रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.नितु लामाले बताइन् । सुत्केरी तथा नवजात शिशुलाई प्रसुतीगृह थापाथली लगिएको छ । उर्मिला दोस्रोपल्ट सुत्केरी भएकी हुन् । प्रसव व्यथा लागेपछि उनलाई शुक्रबार राती जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले सुत्केरी र नवजात शिशुको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । ‘अवधि नपुग्दै शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ ।

बच्चा एकदमै सानो छ । तौल पनि कम छ,’ डा.लामाले भनिन्, ‘आइसियुमा राख्नुपर्ने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका हौँ । अप्रेसनका क्रममा आमालाई पनि गार्‍हो भएको थियो । अप्रेसनपछि आमाको अवस्था ठिकै देखिएको छ ।’

स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौँ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ०२ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन