वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति « Khabarhub

वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् । 

नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती  दिएका हुन् ।

उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मुद्दा हाल्न पनि बामपन्थी भन्नेहरू नै अदालत गएको जिकिर गरे । गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए । उनले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गरे ।

अध्यक्ष ओलीले विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरू अघि बढ्नुपर्ने बताए । ओलीले एमसीसीका नाममा आफूलाई बदनाम गर्ने कोसिस भएको भन्दै आफूले देश र जनता विपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । राष्ट्रियताका विषयमा संसद्मा छलफल हुनुपर्ने भएपनि संसद्ले राष्ट्रियता आकांक्षा विपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे । उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शासनका लागि गर्न नसकेको बताए

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरूको एक हुनुपर्ने बताएका थिए  । उनले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सबै सचेत रहनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिइसक्नुपर्ने बताएका थिए । उनले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गरे । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै