थारू भाषा, संस्कृति निकै समृद्ध छ : मन्त्री चौधरी « Khabarhub

थारू भाषा, संस्कृति निकै समृद्ध छ : मन्त्री चौधरी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताएका छन् । ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरीको ९१औँ शृङ्खलाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका वेषभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताए ।

थारू जातिका अधिकांश समुदाय मेहेनती, इमानदार र लगनशील रहेको बताउँदै उनले उनीहरूले अब राजनीतिका साथै राज्यका सबै तहमा प्रतिनिधित्व गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । राज्यको मूल प्रवाहमा आउन नसकेका सबै जाति समुदायका आर्थिक, सामाजिक रूपान्तरणका लागि स्थानीय तहले लक्षित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

लेखक एवं पत्रकार कृष्णराज सर्वहारीले कृषि पेशामा संलग्न उनीहरू विभिन्न कारणले शिक्षाको महत्वलाई कम प्राथमिकता दिएकाले शैक्षिक क्षेत्रमा उपस्थिति न्यून रहेको बताउँदै थारू साहित्यका महत्वबारे प्रकाश पारे । उनले थारू भाषाका आफ्ना रचनासमेत वाचन गरे। देशैभरिका प्रतिनिधि थारू लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यले थारू संस्कृतिलाई थप प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ०७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन