चीनसँगको पारवहन सम्झौता र चुच्चे नक्सा छापेका कारण दुईपटक सत्ताच्युत भएको ओलीको टिप्पणी « Khabarhub

चीनसँगको पारवहन सम्झौता र चुच्चे नक्सा छापेका कारण दुईपटक सत्ताच्युत भएको ओलीको टिप्पणी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुईपटक सत्ताच्युत भएको टिप्पणी गरेका छन् । नेपाल चीन हिमालय मैत्री समाजद्वारा आयोजित एक कार्यक्रमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै अध्यक्ष ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको बताए ।

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको समेत बताए । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको पनि उनले आरोप लगाए ।

‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुने र त्यसका विरोधमा मानिसहरु लाग्ने गरेका एवम् अपवित्र साँठगाँठ समेत हुने आफूलाई पहिले नै थाहा भएको बताउँदै ओलीले त्यो थाहा भएरै उक्त निर्णय गरेको जिकिर गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : १७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने