चीनसँगको पारवहन सम्झौता र चुच्चे नक्सा छापेका कारण दुईपटक सत्ताच्युत भएको ओलीको टिप्पणी « Khabarhub

चीनसँगको पारवहन सम्झौता र चुच्चे नक्सा छापेका कारण दुईपटक सत्ताच्युत भएको ओलीको टिप्पणी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुईपटक सत्ताच्युत भएको टिप्पणी गरेका छन् । नेपाल चीन हिमालय मैत्री समाजद्वारा आयोजित एक कार्यक्रमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै अध्यक्ष ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको बताए ।

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको समेत बताए । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको पनि उनले आरोप लगाए ।

‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुने र त्यसका विरोधमा मानिसहरु लाग्ने गरेका एवम् अपवित्र साँठगाँठ समेत हुने आफूलाई पहिले नै थाहा भएको बताउँदै ओलीले त्यो थाहा भएरै उक्त निर्णय गरेको जिकिर गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : १७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन