पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु « Khabarhub

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वतमा करेन्ट लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए ।

उनान्चालीस वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ । कपडा सुकाउने तारमा विद्युत्को करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ३१ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन