सुडानमा भएको जातिय दङ्गाका क्रममा ३१ जनाको मृत्यु | Khabarhub Khabarhub

सुडानमा भएको जातिय दङ्गाका क्रममा ३१ जनाको मृत्यु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुडानमा भएको जातीय दङ्गाका क्रममा कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

‘देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्’, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ ।

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको र केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको जनाएका छन् ।

सुरक्षा समितिले घटनास्थलमा कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ ।

ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो ।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सिमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ४५ बजे

सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल

काठमाडौं – तीन महिनापछि एर्लिङ हलान्डले प्रिमियर सिपको एकै खेलमा

चार प्रदेशमा वर्षाको सम्भावना

काडमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना

न्युयोर्क – अमेरिकी विदेश मन्त्रालयले काँग्रेसलाई ८ अर्ब अमेरिकी डलर

अस्ट्रेलियासँग टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा अलआउट : स्कटले लिए ६ विकेट

अस्ट्रेलिया – अस्ट्रेलियासँगको पाँचौँ टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय