मालीमा भएको आक्रमणमा छ जनाको मृत्यु « Khabarhub

मालीमा भएको आक्रमणमा छ जनाको मृत्यु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ ।

मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो घटनामा दुई जना घाइते भएका छन् । राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा हमला भएको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन् । तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन ।

जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसाले हजारौंको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ५३ बजे

मतदानका लागि बालकोटस्थित मतदान केन्द्रमा पुगे ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट