'कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बन्छ' | Khabarhub Khabarhub

चुनावी विश्लेषण

‘कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बन्छ’

‘बाबुराम र वामदेवको राजनीति सकियो’


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चुनावको मिति घोषणा भएसँगै दलहरूले आफ्नो हैसियत बलियो बनाउन प्रयास गरिराखेका छन्। सत्ता गठबन्धन, समाजवादी मोर्चा र अर्को वामपन्थी गठबन्धनको कसरत पनि भित्रभित्रै चलिरहेको छ। अगामी निर्वाचनमा मुख्य त नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नै प्रतिस्पर्धा हुने धेरैको अनुमान गरिएको छ। यसरी दलबीच अहिलेकै गठबन्धन कायम रहेर यही हिसाबले सँगै अगाडि बढे भने कसको हैसियत के हुन सक्छ ? अनि आगामी निर्वाचनलाई राजनीतिक विश्लेषकले कसरी विश्लेषण गरेका छन् ? यो निर्वाचनलाई उनीहरूले कसरी हेरेका छन् ? यिनै विषयमा केन्द्रित रहेर राजनीतिक विश्लेषक आनन्दराम पौड्यालसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंको दृष्टिकोणमा दलहरु आगामी चुनावमा कसरी अगाडि बढ्लान् ?
गठबन्धन एकातिर छ। शेखर कोइरालाले पनि भन्नु भयो कि यो गठबन्धन एमालेविरुद्ध हो। एमालेलाई डराउनको लागि यो आवश्यक छ भन्नु भएको छ। पहिला उहाँले ३ पटकसम्म एमालेलाई एक्लै हराउन सकिँदैन भन्नु भएको थियो। एमालेको विरुद्धमा नै गठबन्धन लैजाने उहाँहरूको आगामी निर्वाचनमा यो गठबन्धन निरन्तर कसिलो भएर नै जान्छ, एमाले एकातिर र गठबन्धन एकातिर भएर जान्छ।

वामपन्थी गठबन्धनका विषयमा पनि भित्रभित्रै कुरा भएको छ भन्ने सुनिएको छ, यो सम्भावना कति देख्नुहुन्छ ?
यो सम्भावना निकाल्नु भएको डाक्टर बाबुराम भट्टराईजीले हो। उहाँ पाँच वर्षमा पाँच वटा पार्टी फेर्दै जाने मान्छे हो। अहिले पनि त्यहाँ अट्नु भएन। अर्को परिवर्तन गर्न लाग्नु भएको छ। अब हामी समाजवादी मोर्चा बनाऔं भनेर प्रचण्डलाई सहमत गराएर अरूलाई पनि सहमत गराउने उहाँको प्रस्ताव हो। तर, अहिले त्यो टरेको छ। कम्युनिस्ट एक हुने भन्ने एक भइरहने र टुटफुट भइरहने पार्टी बनाउने। तर, फेरि एक हप्तामै एकले अर्कालाई निकाल्ने प्रक्रिया भइरहन्छ।

चुनावमा कम्युनिष्ट पार्टीको एकता एकतिर अनि कांग्रेस फेरि एक्लै अर्कोतिर हुने सम्भावना कत्तिको छ ?
कम्युनिस्ट एक ठाउँमा हुने भन्ने सम्भावना आगामी निर्वाचनमा मात्र होइन। अगाडि धेरै परसम्म छैन। बाध्यताले माओवादी र एकीकृत समाजवादीको चाहिँ चुनावी रणनीति मिल्न सक्छ। एकीकृत समाजवादीको क्षयिकरण धेरै भइसकेको छ। अस्ति स्थानीय निर्वाचनमा पनि त्यस्तै भयो। उहाँहरू अहिले पनि धेरै कुण्ठित हुनुहुन्छ। यसरी आफ्नो अस्तित्व जोगाउनको लागि माओवादीसँग पार्टी एकीकरण गर्न सक्ने सम्भावना एकीकृत समाजवादीको छ। तर, कम्युनिस्टमा जुट्ने भन्दा पनि फुट्ने समस्या धेरै छ।

आगामी निर्वाचनमा वामदेव गौतम र बाबुराम भट्टराईको भविष्य के देख्नु हुन्छ ?
उहाँहरूको राजनीतिक भविष्य सकिएको छ। बाबुराम भट्टराईको वैचारिक अस्थिरता अस्ति केही दिन अगाडि शान्ति क्षेत्र प्रस्तावको पक्षमा बोल्नु भएको थियो। तर, पहिला त्यसको जिन्दगीभर विरोध गरेर आउनु भएको थियो। शान्ति क्षेत्र प्रस्ताव ११६ राष्ट्रले समर्थन गरेको प्रस्तावलाई सुरुदेखि नै विरोध गर्दै आएको मान्छे अहिले गल्ती स्वीकार नगरी समर्थन गर्नु भएको छ। १० देखि १५ वर्ष अगाडि आरक्षणको कुरामा पनि हामीले निरपेक्ष गरिबीको रेखामुनी रहेका विपन्नको लागि पो हो भनेका थियौँ। जातजातिको नाममा दिनु हुँदैन भन्यौँ। तर, त्यो पनि सुन्नु भएन। कसैको कुरा नसुन्ने एकोहोरो लिडेँढिपी गरिरहने हुनाले यो तालले उहाँहरूको कार्यनीति कसरी अगाडि जान्छ त ?

तपाईं व्यक्तिगत रुपमा आगामी निर्वाचनमा उहाँको भविष्य कस्तो हुने सम्भावना देख्नु हुन्छ ?
आगामी निर्वाचनमा उहाँ कसैसँग सहमति नगरी एक्लै जित्न सक्नु हुन्न। गोरखामा धेरै लगानी गरेको ठाउँमा पनि गएको निर्वाचनमा एक्लै लड्ने हिम्मत गर्नु भएन। त्योबाट उहाँको आत्मबल नै रहेनछ। वामदेव गौतमजीको पनि राजनीतिक भविष्य सकिएको छ। दुई वर्ष अगाडि निर्वाचन आउँदा पनि कोकोहोलो मच्चाउनु भयो। कहिले कहाँबाट उठ्छु भन्ने सांसदलाई राजीनामा दिन लगाउने आफै धेरै छटपटिनु हुन्थ्यो। त्यसैले उहाँको राजनीतिमा भविष्य छैन।

अहिलेकै स्थितिमा चुनाव लड्दा कुन दलको के हैसियत देख्नु हुन्छ ?
कांग्रेस नै एक नम्बरमा आउँछ। एमाले दोस्रोमा नै आउँछ। माओवादीले यो गठबन्धनबाट धेरै फाइदा लियो एउटा चिट्ठा नै पर्यो। अगाडि आएर उनीहरूको हौसला बढेको छ। उहाँहरू चलाख भएर तेस्रो पार्टी बन्ने सम्भावना छ। नयाँ आएको पार्टी रवी लामिछानेको पार्टीको पनि सक्रियता छ। तर, उहाँले जनताका मागलाई उठाउनु भएन भनिएको छ। नागरिकताको विषयमा पनि उहाँ बोल्नुभएको छैन। जनताका स्थायी एजेन्डालाई जस्तो प्रदेश संरचना खारेज गर्ने विषयमा पनि बोल्नु भएको छैन। त्यसैले यसरी जनताको आवाजलाई नसमेट्ने हो भने पछाडि पर्न सक्छ। चौंथो नम्बरमा राजेन्द्र लिङदेनको पार्टी पनि आउन सक्छ। उहाँको समग्र इतिहास हेर्दा औला उठाउने ठाउँ छैन। जनताको आवाजलाई उठाएका छन्।

एकीकृत समाजवादीको हैसियत के हुन्छ त ?
यो पाँचौं नम्बरमा आउने सम्भावना छ। उहाँहरू धेरै मुरमुरिएर बस्नु भएको र आफ्नो मूल्यांकन आफै गरेर बसेको हुनाले पाँचौं नम्बरमा एकीकृत समाजवादी आउने सम्भावना मैले देखेको छु।

केही प्रक्षेपणले अहिलेकै गठबन्धन बोकेर चुनावमा जाने हो भने एमाले धेरै तल झर्न सक्छ भनेका छन् ? यसलाई कसरी लिनुभएको छ ?
एमाले जति नेताहरूले भत्काए पनि अहिलेसम्म सङ्गठन बलियो भएको पार्टी हो। साङ्गठनिक हिसाबले पहिला मानिएको पार्टी हो पछि नेताहरूले बिगारे। त्यही पनि यो नेटवर्क अझै बाँकी छ।

स्वतन्त्र उम्मेदवारका रूपमा पार्टी नै स्वतन्त्र खोलेर आएका रवि लामिछानेहरूको हैसियत कहाँ देख्नु हुन्छ ?
अलिअलि त आउँछन्। लामिछानेप्रति धेरैले विश्वास गरेका र आशा गरेका थिए। तर उहाँले किन जनताको आवाज उठाउनु भएन भनेर धेरैले कुरा सोध्दै आएका छन्। उहाँ त्यसमा चुक्नु भएको हो कि के हो ? पहिला रवीन्द्र मिश्रले जनताका आवाजहरू उठाउँदा चौतर्फी आक्रमण भयो। दुई वर्ष अगाडि प्रदेश संरचना खारेज गरौँ। धर्म निरपेक्षतामा जनमत संग्रह गरौँ भन्दा सबै उहाँमाथि खनिए त्यो देखेर डराउनु भएको हो कि लामिछाने भनेर अनुमान गर्न सकिन्छ।

रवीन्द्र मिश्रकै अवस्थामा रवि लामिछाने पुग्ने सम्भावना कति देख्नु हुन्छ ?
कार्यशैली अलि फरक छ। उहाँको विषयमा उठाउन खोजेको कुराहरू सहजै राख्न सक्नुहुन्छ। उहाँको विरुद्ध उठेका कुरा सहजै बुझाउन सक्नु हुन्छ। हिजो जनताका आवाजलाई सहयोग गर्नु भएको थियो। त्यसैले रवीन्द्र मिश्र जस्तो रवि लामिछानेको अवस्था हुँदैन। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ३५ बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको