विश्व इतिहासमा आज : खेलकुद म्यागेजिन प्रकाशनदेखि मजदुर आन्दोलनसम्म « Khabarhub

विश्व इतिहासमा आज : खेलकुद म्यागेजिन प्रकाशनदेखि मजदुर आन्दोलनसम्म


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ३१ गते मंगलबार । सन् २०२२ को अगस्ट १६ तारिख । आजको दिन इतिहासमा भएका केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट १६ मा मारिकानास्थित खानीका मजदुरहरुले गरेको विरोधमाथि दक्षिण अफ्रिकी पुलिस सेवाले गोली प्रहार गरेको थियो । सो प्रदर्शनमा ३४ मजदुरको मृत्यु हुनुको साथै ७८ जना घाइते भएका थिए। घटनापश्चात् २५० मजदुरलाई पक्राउ गरिएको थियो ।

सन् १९९५ अगस्ट १६ मा ‘हार्मोनिक कन्भर्जेन्स’ को पहिलो दिन थियो । विश्वको नै सबैभन्दा विशाल ध्यान महोत्सव २ दिनसम्म चलेको थियो । लेखक जोस अर्गुएलले आयोजना गरेको सो महोत्सवको दिनमा पृथ्वीबाट हेर्दा चन्द्रमा र सूर्य एकै लाइनमा अवस्थित थिए । सो दिन परिक्रमाका क्रममा पृथ्वी, सूर्य र चन्द्रमाले त्रीकोण आकार बनाएका थिए ।

सन् १९८८ अगस्ट १६ मा आईबीएमले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) स्फट्वेयर ल्यायो ।

सन् १९८६ अगस्ट १६ मा सुडानी विरोधीहरूले गोली हानी सुडानी एयरवेज विमान दुर्घटनामा पर्दा ५७ जना मानिसको मृत्यु भएको थियो ।

सन् १९६५ अगस्ट १६ मा लस एन्जेल्सको साउथ–सेन्ट्रलमा भएको ६ दिन लामो ‘द वाट्स’ दंगा सकिएको थियो ।

सन् १९६० अगस्ट १६ मा संयुक्त अधिराज्य, ग्रीस र टर्कीबीच भएको ज्युरिक र लन्डन सम्झौतापश्चात् साइप्रस स्वतन्त्र भएको थियो । २०औँ शताब्दीको सुरुवाती दिनमा बेलायतले साइप्रसलाई अतिक्रमण गरेको थियो । सन् १९२५ मा साइप्रस औपचारिक रुपमा बेलायत सामराज्यमा जोडिएको थियो ।

सन् १९५८ अगस्ट १६ मा पहिलो ‘ट्रान्सएट्लान्टिक टेलिग्राफ म्यासेज’ पठाइएको थियो । संयुक्त अधिराज्यकी रानी भिक्टोरियाले अमेरिकी राष्ट्रपति जेम्स् बुच्चानान्नलाई म्यासेज पठाएका थिए । ‘यूरोप र अमेरिका टेलिग्राफिक सञ्चारका कारण यूरोप र अमेरिका जोडिएका छन् । विश्वमा शान्ति, जनसमुदायप्रति सद्भावना, भगवान्‌को महिमा बनिरहोस्’ सो म्यासेजमा लेखिएको थियो । दुई महादेशको बीचमा भएको सो सञ्चार केवल केही महिनाको लागि सफल भयो । प्राविधिक समस्याका कारण सो सञ्चारलाई सन् १८५८, अक्टोबरमा बन्द गरिएको थियो ।

सन् १९५४ अगस्ट १६ मा ‘स्पोर्ट्स इलुस्ट्रेटेड’ म्यागेजिनको पहिलो अंक प्रकाशन भएको थियो । वार्षिक पौडी पहिरन प्रदान गर्नको लागि प्रसिद्ध भएको सो म्यागेजिनले सुरुवाती केही वर्ष भने घाटा व्यहोरेको थियो । खेलकुदमा दर्शक बढेसँगै सो म्यागेजिन बजारमा स्थापित हुन सफल भयो ।

सन् १८९८ अगस्ट १६ मा अमेरिकाका एडविन प्रस्केटलाई ‘लुप–द–लुप रोलर कोस्टर’ को पेटेन्ट प्रदान गरिएको थियो । न्यूयोर्कको कोनी टापुमा पहिलो रोलर कोस्टर जडान गरिएको थियो । सो कोस्टरले एक समयमा ४ मानिस बोक्न सक्थ्यो ।

सन् १८१२ अगस्ट १६ मा कुनै प्रतिरोधबिना अमेरिकी जनरल विलियम हलले जनरल आइज्याक ब्रोकको नेतृत्वमा भएको सानो बेलायती सेनालाई डेट्रोइट आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ४८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि