राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा « Khabarhub

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मंगलबारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमबार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा व्यस्त राष्ट्रपतिले अन्नपूर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन ।

नागरिकता विधेयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले हालै संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन् भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसूची छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : २७ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको