मेयर शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा « Khabarhub

मेयर शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।

सोमबारदेखी जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन्। उनले मेयर शाहले पनि एक वर्ष भित्र फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउनु पर्नेमा जोड गरेका छन् ।

‘काठमाडौँका मेयर केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ। फोहोर मैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो। त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन्, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हर सम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४६ बजे

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति