वामदेव र बाबुराम माओवादीकै चिह्नबाट चुनाव लड्ने | Khabarhub Khabarhub

वामदेव र बाबुराम माओवादीकै चिह्नबाट चुनाव लड्ने


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया हथौडा’चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए । ‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौँ। उहाँहरू र उहाँको पार्टीका अन्य सदस्यहरूलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ।’

यो निर्णयबारे  आजै निर्वाचन आयोगलाई जानकारी दिने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । आजको बैठकमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने, सिट बाँडफाँड र चुनावी घोषणा पत्र तथा विभिन्न समितिहरू गठन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

हिजो बोलाइको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ३९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते